ट्रेड युनियन खारेज गर्न मिल्दैन : अध्यक्ष पोखरेल

सफल खबर संवाददाता

शुक्रबार, २६ पुस २०८१, १४ : २५
ट्रेड युनियन खारेज गर्न मिल्दैन : अध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल निजामति कर्मचारी युनियनका अध्यक्ष गोपालप्रसाद पोखरेलले कुनै कर्मचारीले सीमा नाघ्यो भन्दैमा राष्ट्रियस्तरको ट्रेड युनियन खारेज गर्न नमिल्ने बताएका छन् । शुक्रबार राज्यव्यवस्था समिति बैठकमा बोल्दै उनले सो कुरा बताएका हुन् ।

अध्यक्ष पोखरेलले भने, ‘ट्रेड युनियन अधिकारबाट एक इन्च तलमाथि हुन सकिँदैन । कुनै कर्मचारीले सीमा नाघे कारबाही हुनुपर्छ तर त्यो भन्दैमा एक कर्मचारी अराजक भयो भनेर राष्ट्रिय स्तरको ट्रेड युनियन खारेज गर्न मिल्दैन ।

पूर्व अनुमानयोग्य सरुवा प्रणालीलाई स्थापित गरौँ । कर्मचारी सरुवा प्रणालीलाई व्यवस्थित गरौँ ।’ उनले पछिल्लो समय  दलीय ट्रेड युनियन भनेर गरेको बहस बेमौसमको बाजा भएको समेत बताए ।

उनले अतिरिक्त सचिवको प्रावधान ल्याउन समेत सुझाव दिए । उनले भने, अतिरिक्त सचिवको प्रावधान ल्याऔँ, सचिवको कार्यकाल ३ वर्ष र अतिरिक्त सचिवको कार्यकाल पनि ३ वर्ष राखौँ ।’ पोखरेलले अन्तर प्रदेशमा एक पटकलाई सरुवा गर्ने वातावरण र प्रावधान राख्न समेत आग्रह गरे । 

प्रतिक्रिया दिनुहोस