काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संघीयको संसद्को अधिवेशन चाडै आह्वान हुने विश्वास व्यक्त गरेका छन् । ३०३ औँ पृथ्वी जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा राप्रपा नेपालले शनिबार काठमाडौँमा आयोजना गरेको चियापन कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै सभामुख घिमिरेले सो कुरा बताएका हुन् ।
संघीय संसद्को अधिवेशन बस्ने समय भइसकेको भन्दै चाडै अधिवेशन आह्वान हुने उनको भनाई थियो । सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरेको अध्यादेश बाहिर आइ नसकेकाले जानकारी नभएको उनले बताए ।
त्यस्तै घिमिरेले पृथ्वी नारायण शाहले एकीकरण गरेकाले नेपाल अस्तित्वमा रहेको भन्दै नेपाललाई थप एकताबद्ध बनाएर प्रगतितर्फ लाग्नुपर्ने उल्लेख गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २७ पुस २०८१, १६ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सभामुख देवराज घिमिरे उज्वेकिस्तान प्रस्थान
संसद् अवरुद्धबारे सभामुखद्वारा प्रमुख सचेतकहरूसँग छलफल
सभामुखको सचिवालयले भन्यो– प्रधानमन्त्रीले जवाफ दिने सूचना छैन
संसदमा विचाराधीन विधेयकहरू शीघ्र टुंग्याउँछौँः सभामुख घिमिरे
नेपाल- चीनबिच पारस्परिक हितका क्षेत्रमा थप लगानी गर्न आवश्यक छ : सभामुख घिमिरे
सशक्त प्रेस लोकतन्त्रको आधारभूत सिद्धान्त : सभामुख घिमिरे