काठमाडौँ । सातौं अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन नेपालको जनकपुरमा हुने भएको छ। मार्च २१ र २२ मा हुने सम्मेलनमा विश्वका विभिन्न देशका क्यान्सर रोग विशेषज्ञहरुको सहभागिता रहनेछ । सम्मेलनमा अमेरिका, भारत, बंगलादेश, नेपालका क्यान्सर रोग विशेषज्ञ र यसको उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी, नर्स र सरोकारवालाहरु सहभागी हुने आयोजक विनयतारा फाउन्डेसनले जनाएको छ।
विश्वमा क्यान्सर उपचारमा भइरहेको नयाँ प्रगति, प्रविधि, अनुसन्धान र चिकित्सकहरुका अनुभवहरु सम्मेलनमा समेटिने सम्मेलनका निर्देशक तथा फाउन्डेसनका अध्यक्ष डा.विनय शाहले बताएका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ३० मंसिर २०८१, १३ : १८
लेखकबाट थप