काठमाडौ । अमेरिकाको भर्जिनियाको स्यानटिली सहरमा पोखरीमा गाडी डुब्दा दुई नेपालीको मृत्यु भएको छ ।
एनबीसी वाशिंगटनका अनुसार ज्यान गुमाउनेमा ५५ वर्षीय कर्ण खड्का र २० वर्षीय निश्चल भट्ट रहेका छन् ।
जनवरी ९ बिहीबार बिहान एउटा होटल बाहिरको पोखरीमा कार डुबेको अवस्थामा फेला परेको थियो । सोही स्थानमा दुई शव फेला परेका थिए । सोही शवको पहिचान खुल्दा नेपाली रहेको पुष्टि भएको हो ।
कार आंशिक रूपमा हिउँ जमेको पानीमा डुब्दा चालक खड्का र यात्रु भट्ट भित्र फसेका थिए। एनबीसी वाशिंगटनका अनुसार सहकर्मीहरूले खड्का विङ्गेटमा काम गरेको बताए ।
२० वर्षीय भट्टले जागिरको लागि आवेदन दिने योजना बनाएकाले उनीसँग आएको समाचारमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २६ पुस २०८१, ०८ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तीर्थयात्री बोकेको बस धादिङमा दुर्घटना : एक जनाको मृत्यु, २३ जना घाइते
मेक्सिकोमा बस र ट्रक ठोक्किँदा आगलागी, ४१ जनाको मृत्यु
नारायणगढ–मुग्लिङ सडकखण्डमा बस दुर्घटना, २२ जना घाइते
सिन्धुलीमा गाडी दुर्घटना : एकको मृत्यु, ५ घाइते
फिस्लिङ नजिक कार र ट्रक ठोक्किए
तनहुँमा ग्याँस बुलेट पल्टिँदा चालकको मृत्यु