काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पृथ्वीनारायण शाहको ३०३ औँ जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा चियापानमा गरेको छ । भृकुटीमण्डपमा जारी चियापान समारोहमा प्रधानमन्त्रीदेखि विभिन्न दलका शीर्ष नेताहरू उपस्थित छन् ।
अहिलेसम्म चियापान समारोहमा कांग्रेस सभापति शेरबहादुर देउवा, सभामुख देवराज घिमिरे, परराष्ट्रमन्त्री आरजु राणा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, रास्वपाका कार्यवाहक सभापति डिपी अर्याल महामन्त्री कविन्द्र बुर्लाकोटीलगायत नेताहरु सहभागी छन् ।
प्रधानमन्त्री ओली पनि समारोहमा जाने कार्यसूची छ । यस्तै, समारोहमा नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ, कलाकार दिपकराज गिरी पनि सहभागी छन् ।
समारोहअघि राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसहित शीर्ष नेताहरु पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेका थिए ।नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको ३०२ औ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा राप्रपाले यो कार्यक्रम राखेको हो ।
विसं १७७९ मा जन्मिएका शाहले २० वर्षको उमेरमा गद्दी आरोहण गर्दै तत्कालीन आन्तरिक तथा बाह्यशक्तिलाई पराजित गरेर एकीकरण अभियान सञ्चालन गरेको थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २७ पुस २०८१, १५ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसमा राप्रपा नेपालको जलपान