काठमाडौँ । गृहमन्त्री रमेश लेखकले मुलुकको आर्थिक विकासका लागि सरकारले अध्यादेशमार्फत केही कानुन संशोधन गरेको बताएका छन् । शनिवार काठमाडौँमा नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग सङ्घको २५ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री लेखकले सरकारको ध्यान मुलुकको आर्थिक विकास र समृद्धितर्फ रहेको भन्दै यसलाई सहज बनाउन सरकारले अध्यादेश मार्फत केही कानुन संशोधन गरेको बताएका हुन् ।
उनले शासकीय सुधारसँग सम्बन्धित कानुनहरू, उद्योग व्यवसाय सहज सञ्चालन हुने कानुनहरू र सुशासनलाई प्रत्याभूत गर्ने कानुनहरू अघि बढाइएको जिकिर गरे । सरकारले बढी मूल्य परे पनि स्वदेशी उत्पादन प्रयोग गर्ने नीति लिएको बताउँदै मुलुकमा उद्योगको विकासका लागि सरकार प्रतिबद्ध रहेको उनले बताए ।
उनले मुलुकमा लगानीको वातावरण बनाउन गैरआवासीय नेपालीका निमित्त्महत्वपूर्ण निर्णय गरेको समेत बताए । आइटीको क्षेत्रमा विदेशमा समेत सेवा निर्यात गर्न सक्ने व्यवस्था गरेको भन्दै उनले विदेशमा सेवा गरेर उद्योगलाई प्रोत्साहित हुने गरी कानुन निर्माणमा सरकार लागेको धारणा राखे ।
कानुन बन्ने तर कार्यान्वयन नहुने समस्यालाई सरकारले सचेतता पूर्वक निर्णय गरेको उनले बताए । त्यस्तै उनले सरकारले निजी क्षेत्रसँग सहकार्य गर्न सधैँ तयार रहेको बताउँदै ढुक्क भएर लगानी गर्न आग्रह गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २७ पुस २०८१, १६ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रहरीमाथि हातपात गर्नेलाई कारबाहीको दायरामा ल्याउन गृहमन्त्रीको निर्देशन
ताप्लेजुङ घटनाबारे छलफल गर्न गृहमन्त्रीले बोलाए सांसद
सरकारको मुख्य उद्देश्य आर्थिक समृद्धि : गृहमन्त्री लेखक
अराजक काम गर्नेलाई कानुन बमोजिम कारबाही हुन्छ : गृहमन्त्री लेखक
गृहमन्त्री लेखकसहित पाँच सांसदविरुद्धको रिटमा आज सुनुवाइ
गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयनसम्बन्धी समस्या छिट्टै समाधान हुन्छः गृहमन्त्री