काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले टीआरसीको विषय टुङ्गोमा पुर्याउन सदन, सरकार र सडकबाट दबाब दिनुपर्ने बताएका छन् । बुधवार नेपाल वार एसोसिएसनमा आयोजित ‘शान्ति प्रक्रिया र बेपत्ता नागरिक सार्वजनिकीकरणको सवाल’ विषयक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।
अध्यक्ष प्रचण्डले प्रेसर बढाए मात्र यो विषय टुङ्गोमा पुर्याउन सकिने बताए । उनले भने, ‘‘एकताबद्ध भएर पीडितले सडकबाट दबाब नदिए टी आरसी अर्को १८ वर्ष जान पनि बेर छैन। राजनीतिक दबाब दिन जरुरी छ । प्रेसर भएका यो टुङ्गोमा पुग्न सक्छ। म दबाब बढाउने ढङ्गले सोच्दै छु। सदन सरकार र सडकबाट दबाब दिने तयारीमा छु।’
उनले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग टीआरसीलाई अघि बढाउन दबाब दिन छिट्टै भेट्ने समेत बताए । कार्यक्रम सशस्त्र युद्धमा बेपत्ता पारिएका राजेन्द्र ढकालको परिवारले आयोजना गरेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २४ पुस २०८१, १२ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पञ्चायतकालीन अतिरिक्त सचिव अब चाहिंदैन : माओवादी केन्द्र
माओवादी केन्द्र र चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) सहयोग आदानप्रदान सम्बन्धमा समझदारी
नयाँ वर्षमा नयाँ सरकार बन्छ: प्रचण्ड
माओवादी केन्द्रका उच्चस्तरीय टोली चीन भ्रमणमा जाँदै
अपराधिक कार्य गर्ने सबैलाई कारबाही गर : माओवादी केन्द्र
दलित समुदायको उत्थान नभएसम्म समृद्ध नेपाल बन्न सक्दैन : राधेश्याम पासवान