काठमाडौं । सुन्तला बोकेर रोल्पाबाट दाङ जाँदै गरेको पिकअप दुर्घटनामा परेको छ । दुर्घटनामा चालकको मृत्यु भएको छ ।
रोल्पाको माडी गाउँपालिका १ भितावाङबाट सुन्तला बोकेर तुल्सीपुरतर्फ जाँदै गरेको रा१च ८६८७ नम्बरको पिकअप त्रिवेणी गाउँपालिका ४ मथुरापानी भन्ने स्थानमा शुक्रबार दुर्घटना भएको हो ।
उक्त दुर्घघटनामा परी सोही पिकअपमा सवार तीनजना गम्भीर घाइते भएका छन् । घाइते तीनै जनाको उद्धारपश्चात् उपचारको लागि दाङ पठाइएको प्रहरीले बताएको छ ।
गाडीको ब्रेक फेल भई दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २७ पुस २०८१, ०८ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नागार्जुन नगरपालिकामा गाडी पल्टियो, एक जनाको मृत्यु
मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु
मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु
म्याग्दीमा ट्याक्टर दुर्घटना हुँदा २ युवकको मृत्यु, ४ घाइते
एम्बुलेन्स दुर्घटना हुँदा ६ जना घाइते
ट्याक्टर सहचालकको मृत्यु, चालक पक्राउ