एजेन्सी । बेलायतमा एक नेपाली महिलामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । लमजुङ घर भइ बेलायतमा बस्दै आएकी भगवती रानाभाटमा कोरोना भाइरस पोजेटिभ भेटिएको हो ।
उनी बेलायतमा समाजसेवीको रुपमा समेत परिचित छिन् । आइतबार फेसबुकमा स्टाटस राख्दै उनले आफूलाई कोरोनाको संक्रमण पुष्टि भएको बताएकी छिन् ।
उनले भनेकी छन्, ‘यो महामारी कति पीडादायक हुँदोरहेछ, आज १३ दिनसम्म पनि निको हुने छाँटकाट छैन । फेसबुकमा राख्ने सोच थिएन, कतै आफन्त अनि साथीभाईलाई थप भयावह बनाउला भन्ने लाग्यो, तर सोचें सबैले सावधानी अपनाउनुहुनेछ ।
सबैलाई विशेष सावधान रहन अनुरोध गर्दछु ।’ शुक्रबारदेखि उनी लन्डनको ह्यारोस्थित नर्थविक पार्क अस्पतालमा उपचार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १० चैत्र २०७६, १२ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बेलायती राजकुमारले गराए ब्रिटिश सेनामा भर्ती भएका नेपालीलाई शपथ
बेलायतमा रहेका कोइरालासँग तत्कालीन अनमिन प्रमुख मार्टीनको भेट
बेलायत जाँदै शेखर कोइराला
बेलायतमा आप्रावासीको संख्या गत बर्ष मात्रै ९ लाख थपिए
बेलायतको राष्ट्रिय कर्जा आगामी ५० वर्षमा तेब्बर हुने
बेलायतमा डान्स क्लासमा चक्कु प्रहार, २ बालिकाको मृत्यु, ९ घाइते