लन्डन । बेलायतको राष्ट्रिय कर्जा आउँदो ५० वर्षमा तेब्बर हुने प्रक्षेपण गरिएको छ । बेलायत सरकारका आधिकारिक प्रक्षेपणकर्ताहरूले यस्तो बताएका हुन् । वृद्ध जनसङ्ख्याको अनुपातमा हुने वृद्धि, जलवायु परिवर्तन र बढ्दो भू–राजनीतिक तनाव लगायत समस्याको दबाबले गर्दा राष्ट्रिय कर्जा बढ्ने भनिएको छ ।
अतिरिक्त राजस्व बढेन वा उत्पादन स्तर युद्धपूर्वको स्थितिमा फर्किएन भने सरकारी खर्च लामो समयसम्म दिगो नहुने भनिएको छ । यतिबेला बेलायतले सन् १९६० को दशकयताकै उच्च कर्जा उठाइरहेको छ ।
कर पनि सन् १९४० को दशकयताकै उच्च छ तर कर्जा भने जीडीपीको झन्डै तीन गुणा बन्ने बाटोमा रहेको अर्थ मन्त्रालयका मुख्य सचिव ड्यारेन जोन्सले भनेका छन् । अहिले बेलायतको घरेलु कर्जा जीडीपीको झन्डै सय प्रतिशत छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २८ भदौ २०८१, १० : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बेलायतका राजा चार्ल्ससमक्ष राजदूत घिमिरेद्धारा ओहोदाको प्रमाणपत्र प्रस्तुत
विमानलाई पहाडको नजिकै लगेपछि पाइलट निलम्बित
बेलायती राजकुमारले गराए ब्रिटिश सेनामा भर्ती भएका नेपालीलाई शपथ
बेलायतमा रहेका कोइरालासँग तत्कालीन अनमिन प्रमुख मार्टीनको भेट
बेलायत जाँदै शेखर कोइराला
बेलायतमा आप्रावासीको संख्या गत बर्ष मात्रै ९ लाख थपिए