काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार आज साँझ देशवासीलाई सम्बोधन गर्ने भएका छन् । सरकारले नोभल कोरोना भाइरसबाट सचेतसंगै उच्च सतर्कता अपनाउन आह्वान गरेको केही दिनपछि प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन् । सम्बोधनका क्रममा सरकारी सञ्चारमाध्याम बाहेक अरु पत्रकारलाई प्रवेश नदिइएको जनाइएको छ ।
दोश्रोपटक मृर्गौला प्रत्यारोपण गरेर स्वास्थ्यलाभ गरिरहेका ओलीलाई संक्रमण हुने डरले सम्बोधनका क्रममा अन्य पत्रकारहरुलाई प्रवेश नदिइएको जनाइएको छ । सम्बोधन नेपाल टेलिभिजन र रेडियो नेपालबाट प्रसारण हुनेछ ।
उपप्रधानमन्त्री तथा उच्चस्तरीय समन्वय समितिका संयोजक ईश्वर पोखरेलसँग विहान छलफल गरेका प्रधानमन्त्रीले कोरोनाविरुद्धको लडाइको पछिल्लो अवस्थाबारे सार्वजनिक रुपमा जनतालाई आश्वस्त पार्न लागेका हुन् ।
हिजो बिहीबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पनि देशबासीलाई सम्बोधन गर्दै कोरोना भाइरसको संक्रमण हुन नदिन र सतर्कता अपनाउन भन्दै भोलि आईतबार जनताको कफ्यर््मा स्वस्फूर्त सहभागी हुन आग्रह गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०७ चैत्र २०७६, १५ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री ओली
अलपत्र योजना सरकारको प्राथमिकतामा : प्रधानमन्त्री ओली
प्रधानमन्त्रीले बाँडे १५ सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण
राजा ल्याउँछौं भन्नेहरु रक्सी चोर्दै भाग्दै हिँडेका छन्ः प्रधानमन्त्री ओली
प्रधानमन्त्री ओली आज दमक जाँदै
जागरण सभालाई सम्बोधन गर्न बुटवल पुगे प्रधानमन्त्री ओली