दमक । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशलाई स्थिरता र स्थायित्व चाहिएको बताएका छन् । नेकपा एमाले कोशी प्रदेशले आयोजना गरेको जनजागरण सभामा बोल्दै प्रधानमन्त्री ओलीले देशमा सुशासन र विकास भइरहेको दाबीसमेत गरे ।
उनले विभिन्न बहानामा देशलाई अस्थिरतामा लैजाने तमासा गरिरहेको बताए । उनले भने, ‘राजनीति भनेको थाहै नपाएका ढुंगा हान्न जानेकाले देश चलाउँछु भनेर उधुम मच्चाएका छन् । ड्राइभिङ नजानेकाले राम्रोसँग गाडी चलाउँछु भनिरहेका छन् ।’
उनले आफूलाई असली भनेर मान्छेहरुले जनतालाई छक्याएको बताए । प्रधानमन्त्री ओलीले थपे, ‘दुईचार मान्छेले राजा फर्काउँछौं भन्दै हिँडेका छन् । गाडीको हुटमा चढेर हात हल्लाउँदै हिँडेर राजा आउँदैनन् ।’
उनले राजा ल्याउँछौं भन्नेले रक्सी चोर्दै भाग्दै हिँडेको बताए । राजा फर्काउने र तिनीहरुलाई मन्त्री, प्रधानमन्त्री बनाउनुभन्दा पशुपतिका बाँदरलाई बनाउँदा राम्रो हुने उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ३० चैत्र २०८१, १५ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री ओली आज दमक जाँदै
जागरण सभालाई सम्बोधन गर्न बुटवल पुगे प्रधानमन्त्री ओली
राष्ट्रिय सुरक्षाका लागि सक्षम जनशक्ति आजको आवश्यकता : प्रधानमन्त्री ओली
सरकारलाई बाध्य बनाउन कुनै आन्दोलन आवश्यक छैन : प्रधानमन्त्री ओली
नेपाल विद्धान र ऋषिहरूको देश हो : प्रधानमन्त्री ओली
प्रधानमन्त्री ओलीद्वारा पाणिनि सम्मेलन उद्घाटन