काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बुटवल पुगेका छन्। नेकपा एमालेले आयोजना गरेको जागणसभालाई सम्बोधन गर्न प्रधानमन्त्री ओलीसहित शीर्ष नेताहरू बुटवल गएका हुन् ।
राजावादीहरूलाई खबरदारी गर्न भन्दै सत्तारुढ एमालेले बुटवलमा शक्ति प्रदर्शन गर्न लागेको हो ।देशभरका ६ स्थानमा गरिने जागरण सभा अन्तर्गत लुम्बिनी प्रदेशस्तरीय यो सभाका लागि बुटवललाई छानिएको हो । देशको वर्तमान अवस्था जानकारी गराउने उद्देश्यसहित नेकपा एमालेले शुक्रबार बुटवलमा लुम्बिनी प्रदेशस्तरीय जागरण सभा गर्ने र आफ्नो धारणा जनता र कार्यकर्तालाई जानकारी दिने जनाएको छ ।
एमालेले चैत २४ देखि ३० गतेसम्म गणतन्त्रको पक्षमा देशका विभिन्न ७ सहरमा गर्ने सभा अन्तर्गत बुटवलमा पनि सभा गर्न लागिएको हो । रामनगरस्थित बुटवल मण्डपमा हुने सभालाई एमालेका शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् ।
सभामा एमाले उपाध्यक्ष तथा अर्थमन्त्री विष्णु पौडेल, सचिव तथा प्रदेश इन्चार्ज पद्मा अर्यालले सम्बोधन गर्ने भएका छन् । यसअघि बुटवलको चारै तर्फबाट सहभागीहरूले प्रदर्शन गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २९ चैत्र २०८१, १५ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राजा ल्याउँछौं भन्नेहरु रक्सी चोर्दै भाग्दै हिँडेका छन्ः प्रधानमन्त्री ओली
प्रधानमन्त्री ओली आज दमक जाँदै
राष्ट्रिय सुरक्षाका लागि सक्षम जनशक्ति आजको आवश्यकता : प्रधानमन्त्री ओली
सरकारलाई बाध्य बनाउन कुनै आन्दोलन आवश्यक छैन : प्रधानमन्त्री ओली
नेपाल विद्धान र ऋषिहरूको देश हो : प्रधानमन्त्री ओली
प्रधानमन्त्री ओलीद्वारा पाणिनि सम्मेलन उद्घाटन