काठमाडौं । कास्की २ को उपचुनावमा सत्तारूढ नेकपाकी विद्या भट्टराई विजयी बनेकी छिन् । प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका खेमराज पौडेललाई ८ हजार ४ सय ९ को मतले पराजित गर्दै उनी विजयी बनेकी हुन् । उनले २४ हजार ३ सय ९५ मत ल्याएर विजयी बनेकी हुन् । प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसका उमेद्वार खेमराज पौडेलले १५ हजार ९८६ मत प्राप्त गरेका छन् ।
शनिबार राती १०:३० बजेदेखी सुरु हुने भनिएको मतगणना राजनैतिक दलहरुबिच शिलबन्दी रुजुको विषयमा विवाद भएपछि १:४० मा मात्रै सुरु भएको थियो ।
यसअघिको निर्वाचनमा तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीले उनका प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका देवराज चालिसेलाई ८ हजार ५ सय ४६ मतान्तरले पराजित गरेका थिए । जित सँगै नेकपाले कास्की २ मा आफ्नो किल्ला कायम राख्न सफल भएको छ ।
विद्या भट्टराईलाई खेमराज पौडेलले खादा ओढाएर बधाई दिएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १५ मंसिर २०७६, १८ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उपनिर्वाचनले स्थगित भएको मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य सुचारु
उपनिर्वाचन २०८१ ले दिएको सन्देश
३७ सीटको मतगणना सम्पन्न, कुन पार्टीले कति जिते ? (सूचीसहित)
उपनिर्वाचनमा सहभागी सबैलाई गृहमन्त्रीले दिए धन्यवाद
कहाँ-कहाँ हुँदैछ उपनिर्वाचन ?
स्थानीय तह उपनिर्वाचनमा मतदान सुरु