कुलमान घिसिङ आएपछि विद्युत चुहावट १० प्रतिशत घट्यो

सफल खबर संवाददाता

बुधबार, २३ माघ २०७५, १२ : ४७
कुलमान घिसिङ आएपछि विद्युत चुहावट १० प्रतिशत घट्यो

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले १० प्रतिशत बिद्युत चुहावट घटाएको छ । चालु आर्थिक वर्ष २०७५र७६को पहिलो  ५ महिनामा विद्युत् चुहावट १५.४५ प्रतिशतमा झार्न सफल भएको प्राधिकरणले जनाएको छ । प्राधिकरणलाई  करिब १० प्रतिशतको चुहावट नियन्त्रणबाट वार्षिक करिब ७ अर्व रुपैयाँ थप आम्दानी हुनेछ ।

कार्यकारी निर्देशक कुलमान घिसिङले प्राविधिक र गैर प्राविधिक चुहावट नियन्त्रणका लागि मुलुकभर अभियानकै रुपमा चालिएका कदमले विद्युत चुहावटमा उल्लेख्य कमी आएको बताए ।  उनले भने, ‘मैले २०७३ भदौमा जिम्मेवारी सम्हाल्दा विद्युत चुहावट औसतमा २५.७८ प्रतिशत थियो त्यसपछि आर्थिक वर्ष २०७३र७४मा घटाएर २२.९ मा झार्‍यौं, आर्थिक वर्ष ०७४र७५ मा २०.४५मा रहेको चुहावटलाई घटाएर चालु आर्थिक वर्षको पाँच महिनामै १५.४५ प्रतिशतमा सीमित गर्न सफल भएका छौं ।’
 

प्रतिक्रिया दिनुहोस