नेविसंघका अध्यक्ष नैनसिंहसहित पक्राउ परेका सबै रिहा

सफल खबर संवाददाता

मंगलबार, २२ माघ २०७५, २१ : ०३
नेविसंघका अध्यक्ष नैनसिंहसहित पक्राउ परेका सबै रिहा

काठमाडौं । नेविसंघका अध्यक्ष नैनसिंह महरसहित प्रदर्शनको क्रममा पक्राउ परेका सबैलाई रिहा गरिएको छ । नेपाल पुलिस क्लब भृकुटीमण्डपमा राखिएका उनीहरुलाई मंगलबार साँझ ७ बजे रिहा गरिएको हो । पक्राउ पर्नेहरुमा नेविसंघका उपाध्यक्ष नवीन राई, नेता डम्बर सुनार, सञ्जीव ढकाल, सञ्जिव खड्का, सागर पाण्डे र शंकर खड्का रहेका थिए ।

प्रतिक्रिया दिनुहोस