इन्दिरा खत्रीको  ‘बिचल्ली परेर’ भिडियोसहित सार्वजनिक

सफल खबर संवाददाता

मंगलबार, २२ माघ २०७५, १८ : २६
इन्दिरा खत्रीको  ‘बिचल्ली परेर’ भिडियोसहित सार्वजनिक

– दिपा अधिकारी 
काठमाडौं । करेन्ट लागेर दुवै हात र खुट्टा गुमाएका कृष्ण वलिको जिवन भोगाईमा मिल्ने किसिमको कथा वस्तुलाई समेटेर योग्सना डिजिटल म्युजिक प्रालीको प्रस्तुतीमा इन्दिरा खत्रीको  ‘बिचल्ली परेर’ बोलको लोकदोहोरी गीतको भिडियो बजारमा आएको छ ।
आफ्नो जिवनको महत्वपुर्ण अंग गुमाउनु पर्दा निकै विचलित भएको अवस्थालाई गीतमा देखाइएको छ । गीतमा इन्दिरा खत्रीको आवाज रहेको छ । सुनिल केसीको शब्द तथा गणेश अधिकारीको लय सिर्जनामा गीत तयार गरिएको छ । आफ्नो पिडा भुल्नको लागि जिवनलाई नै समाप्त गर्ने कुरा गीतमा गरेका छन् । भिडियोमा सुनिल केसी र अनु श्रेष्ठको अभिनय रहेको छ । 

 

प्रतिक्रिया दिनुहोस