‘ब्वाइफ्रेन्ड’ फागुन १० देखि प्रदर्शनमा आउने

सफल खबर संवाददाता

मंगलबार, २२ माघ २०७५, १४ : २६
‘ब्वाइफ्रेन्ड’ फागुन १० देखि प्रदर्शनमा आउने

काठमाडौं । फिल्म ‘ब्वाइफ्रेन्ड’ १० फागुनदेखि प्रदर्शनमा आउने भएको छ ।  प्रदर्शन मिति नजिकिएसँगै फिल्मले एकसाथ गीत र पोष्टर सार्वजनिक गरेर प्रचार थालेको छ ।

बुढाथोकी फिल्मस् प्रोडक्शन प्रा.लिको ब्यानरमा निर्मित ‘ब्वाइफ्रेण्ड’ मदन घिमिरेले निर्देशन गरेका हुन् । प्रस्तुतकर्ता सूर्य बुढाथोकी र कृष्ण खनाल निर्माता रहेको फिल्ममा सरोज खनाल, मञ्जु श्रेष्ठ, मोहन निरौला, पुष्कर रेग्मी, महिमा सिल्वाल, सोनम थापा, श्यामकुमार मिश्र, पुजा थापा, सोभा भण्डारी, आयुष्मा खतिवडा, कृष्ण खनाल, पवन खनाल, आकाश बम्जन, शेखर के.सी. लगायतका कलाकारको अभिनय रहेको छ ।

प्रेमकथामा बनेको शंकर महर्जनको द्वन्द्व, टंक बुढाथोकीको संगीत, पुनम राईको नृत्य रहेको फिल्ममा निर्माण सल्लाहकार सानुकाजी श्रेष्ठ, लेखन मौनता श्रेष्ठ, कथा कृष्ण चापागाईं, क्यामारा कृष्ण श्रेष्ठ रेहका छन् । 

प्रतिक्रिया दिनुहोस