क्रिकेट टोलीले विश्वमा नेपालको इज्जत बढाए : अध्यक्ष प्रचण्ड

सफल खबर संवाददाता

मंगलबार, २२ माघ २०७५, ११ : ५५
क्रिकेट टोलीले विश्वमा नेपालको इज्जत बढाए : अध्यक्ष प्रचण्ड

ललितपुर । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले नेपाली राष्ट्रिय क्रिकेट टोलीले विश्वमा नेपालको सम्मान र इज्जत बढाउन सफल भएको भन्दै बधाई तथा शुभकामना दिनुभएको छ ।

ऐतिहासिक विजय हासिल गरेर फर्किएको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई अध्यक्ष प्रचण्डले आज खुमलटारस्थित निवासमा भएको भेटमा राष्ट्रिय टीमका खेलाडीलाई बधाई दिनुभएको हो । अध्यक्ष प्रचण्डले नेपालको ऐतिहासिक जीतले खुशी भएको बताउनुभयो ।

देश समृद्धिको यात्रामा अघि बढेको बेला राष्ट्रिय एकतालाई मजबुत गर्न क्रिकेट खेलमा भएको प्रगतिले ठूलो भुमिका खेलेको उहाँको भनाई थियो ।

अध्यक्ष प्रचण्डले राज्यले खेल क्षेत्रलाई विशेष महत्व दिएको र चितवनमा बन्ने स्टेडियमबाट क्रिकेट खेलको विकासमा झन योगदान पुग्ने उहाँले बताउनुभयो ।

आफ्नो तर्फबाट यो क्षेत्रको विकास र खेलाडिको मनोबल उच्च राख्न सक्दो सहयोग गर्ने समेत अध्यक्षले बताउनुभयो । अध्यक्षलाई भेट्न नेपाली राष्ट्रिय टोलीका खेलाडीहरु खुमलटार पुग्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस