मनकामना केबलकार पोखरा कप : क्यामरुनको जितमा अर्मी स्तब्ध

सफल खबर संवाददाता

सोमबार, २१ माघ २०७५, २० : ५९
मनकामना केबलकार पोखरा कप : क्यामरुनको जितमा अर्मी स्तब्ध

पोखरा । पोखरामा जारी मनकामना केबलकार पोखरा कपको दोश्रो क्वाटरफाईनल खेलमा ४–१ को गोल अन्तरले पराजित गर्दै पाहुना टोली डफिन्सले आर्मीलाई स्तब्ध पार्यो ।
लिगको चौथो स्थानमा रहेको आर्मीले अग्ला कदका खेलाडीहरु सामु दबाबमा खेल्नु पर्यो । मदन मेमोरियल ईटहरी गोल्डकपको उपाधि जितेको त्रि–भूवन आर्मी क्लबले क्यामरुनी टोलीसँग पराजित हुदा क्यामरुनी टिम सेमीफाइनमा यात्रा बनाएको छ ।
प्रतियोगिता अन्तर्गत मंगलबार नेपाल पुलिस क्लवबिरुद्ध जापानको रिस्सो युनिभर्सिटी बिच तेश्रो क्वाटरफाईनल खेल हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस