पूर्वमन्त्री बद्री न्यौपाने सहित १४ जना विरुद्ध भ्रष्टाचारको मुद्दा

सफल खबर संवाददाता

सोमबार, २१ माघ २०७५, १९ : ५३
पूर्वमन्त्री बद्री न्यौपाने सहित १४ जना विरुद्ध भ्रष्टाचारको मुद्दा

काठमाडौं । पूर्वमन्त्री वद्रीप्रसाद न्यौपानेविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री वद्रीप्रसाद न्यौपानेसहित १४ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

तत्कालिन महिला, बालवालिका तथा समाज कल्याणमन्त्री एवं समाज कल्याण परिषद्का तत्कालिन अध्यक्ष बद्रीप्रसाद  र उपाध्यक्ष मेहताको मिलेमतोमा २०६९ साल भदौ रविन्द्र गुरुङलाई मासिक ५ लाख ५५ हजारमा १५ वर्षका लागि फनपार्क मेला सञ्चालन गर्न अनुमति दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस