नेपाली क्रिकेट टोली स्वदेश आइपुग्यो, विमानस्थलमा भव्य स्वागत

सफल खबर संवाददाता

सोमबार, २१ माघ २०७५, १६ : ५०
नेपाली क्रिकेट टोली स्वदेश आइपुग्यो, विमानस्थलमा भव्य स्वागत

काठमाडौं । युएई विरुद्धको एकदिवसीय र टी-२० सिरिज जितेको नेपाली क्रिकेट टोली स्वदेश आइपुगेको छ । पारस खड्का नेतृत्वको नेपाली टोली सोमबार ४ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आइपुगेको हो ।  

टोलीलाई स्वागत गर्न नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, राखेपका सदस्य सचिव केशवकुमार विष्ट लगायत खेलकुद पदाधिकारीसँगै सयौंको संख्यामा खेलप्रेमिहरु विमानस्थल पुगेका छन् । उनीहरुले खेलाडीहरुलाई भव्य स्वागत गरेका छन् ।
युएई विरुद्धको एकदिवसीय र टी-२० दुबै श्रृङ्खला नेपालले समान २-१ ले आफ्नो पक्षमा पार्दै इतिहास रचेको थियो ।

प्रतिक्रिया दिनुहोस