पर्वत । एनआई सी एशिया बैंक लिमिटेडले पर्वतको वारीवेनी शाखाको उद्घाटन गरेको छ । जिल्लाको जलजला गाउँपालिका वडा नम्बर ३, वारीवेनीस्थित वारीवेनी शाखाको जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्लले सोमबार एक कार्यक्रमकाबीच उद्घाटन गर्नुभएको हो ।
गत वैशाख १९ गतेबाट कारोबार सुरु भएको उक्त शाखाको उद्घाटन समारोहमा अध्यक्ष मल्लले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्नो उपस्थिति सबल बनाउँदै गएकोमा एनआई सी एशिया बैंककोे प्रशंसा गर्नुभएको थियो ।
एनआई सी एशिया मुलुकभर २७५ शाखा कार्यालयहरु, २८९ एटिएम, ३९ वटा एक्सटेन्सन काउण्टर एव्ं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवाप्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । बैंकको वासलातको आकार रू. २१८ अर्ब भन्दा बढी पुगेको छ भने कुल निक्षेप करिब रू. १७५ अर्ब तथा कर्जा रू. १४९ अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको छ । हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १४ लाख ५० हजार रहेको छ ।
साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना अगाडि सारेको बैंकका नायब प्रमुख सुचना अधिकृत अर्जुन राजखनियाले आज एक विज्ञप्ति जारी गरी जानकारी दिनुभएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २१ माघ २०७५, १६ : २८
लेखकबाट थप