सरकारविरुद्ध नेपाली कांग्रेसको प्रदर्शन (फोटो फिचर)

सफल खबर संवाददाता

सोमबार, २१ माघ २०७५, १३ : २४
सरकारविरुद्ध नेपाली कांग्रेसको प्रदर्शन (फोटो फिचर)

चितवन । नेपाली कांग्रेस चितवनले आज सरकारविरुद्ध प्रदर्शन गरेको छ । नेपाली कांग्रेस जिल्ला समितिको पहलमा आज बिहान ११ बजेदेखि चौबिसकोठीमा विरोध प्रदर्शन गरिएको हो ।

विरोध ¥यालीमा वाइडबडी जहाजमा भएको भनिएको भ्रष्टाचारका दोषीलाई र निर्मला पन्तको बलात्कारपछिको हत्यामा संलग्नलाई कारबाहीको माग गरिएको थियो । विरोध ¥यालीका सहभागीले सरकारविरुद्ध कडा नारा लगाएका थिए ।

भरतपुरको चौबीसकोठीबाट विरोध ¥याली निस्केर लायन्सचोकहुँदै पुलचोकमा पुगेको थियो । पुलचोकमा हुने विरोध सभालाई नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सम्बोधन गर्ने कार्यक्रम रहेको कांग्रेस जिल्ला सभापति जितनारायण श्रेष्ठले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस