नेपाललाई ऐतिहासिक सफलता : जित्यो टी-२० अन्तर्राष्ट्रिय शृंखला

सफल खबर संवाददाता

आइतबार, २० माघ २०७५, १९ : ०७
नेपाललाई ऐतिहासिक सफलता : जित्यो टी-२० अन्तर्राष्ट्रिय शृंखला

काठमाडौं । यूनाइटेड अरब इमिरेट्स ९यूएई०विरुद्धको तेस्रो तथा अन्तिम  टि-२० अन्तर्राष्ट्रिय खेलमा नेपाल १४ रनले विजयी भएको छ । १ सय ५ रनको लक्ष्य पछ्याउने क्रममा ८ विकेटको क्षतिमा युएईले केवल ९० रन जोड्न सफल भयो ।

बर्षाका कारण झन्डै २ घन्टा अबरुद्ध भएपछि शुरु भएको खेलमा यूएईका कप्तान मोहम्मद नाभीदले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेका थिए । दश ओभरमा छोट्याइएको खेलमा नेपालले ८ विकेट गुमाएर १ सय ४ रन बनाएको हो । १ सय ५ रनको लक्ष्य पछ्याएको यूएईले ८ विकेट गुमाएर ९० रन मात्र जोड्न सक्यो ।  

यससंगै नेपालले ३ खेलको श्रृंखला २-१ ले जित्दै श्रृंखला आफ्नो नाममा पारेको छ । नेपलाले पहिलो पटक टी-२० अन्तर्राष्ट्रिय शृंखला जितेको हो । 


 

प्रतिक्रिया दिनुहोस