गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको डीपीआर शुभारम्भ गर्दा जे देखियो (फोटोफिचर)

सफल खबर संवाददाता

आइतबार, २० माघ २०७५, १८ : २८
गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको डीपीआर शुभारम्भ गर्दा जे देखियो (फोटोफिचर)

चितवन । धुर्मुस सुन्तली फाउण्डेसनले भरतपुर महानगरपालिका १६, शान्तिचोकमा निर्माण गर्ने गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको आइतबार एक समारोहबीच विस्तृत योजना प्रतिवेदन (डीपीआर) शुभारम्भ गरिएको छ । 

रंगशाला निर्माणस्थलमा आइतबार नै डोजरले माटो सम्याउने काम सुरु भएको छ । धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तली डोजर चालकसँगै उभिएर माटो सम्याउने काममा सरिक भएका थिए ।

कार्यक्रममा धुर्मुस–सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’ले दुई वर्षभित्र आँखैअगाडि चितवनमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला ठडिने बताउनु भयो । कार्यक्रममा उहाँले हरेक नागरिकलाई एकतामा जोड्ने रंगशाला बन्न लागेको बताउनुभयो । ‘निश्चित वर्गलाई फाइदा पुग्ने गरी हामीले रंगशाला निर्माण गर्न लागेको होइनौँ, यो त जनताको रंगशाला हो, सबै नेपालीको अपनत्व हुन्छ’ अध्यक्ष कट्टेलले भन्नुभयो, ‘चितवन देशकै केन्द्रीय भाग भएको हुनाले हामीले चितवन रोजेका हौँ ।’ उहाँले अहोरात्र खटिएर जग्गा उपलव्ध गराउन सहयोग गर्ने भरतपुर महानगरलाई विशेष धन्यवाद दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस