चितवन मेडिकल कलेजमा भेन्टिलेटरको संख्या थपियो

सफल खबर संवाददाता

आइतबार, २० माघ २०७५, १५ : ४०
चितवन मेडिकल कलेजमा भेन्टिलेटरको संख्या थपियो

चितवन । चितनव मेडिकल कलेजमा उच्च स्तरीय अत्याधुनिक प्रविधिको भेन्टिलेटर थप गरिएको छ । बिरामीहरुको मागलाई मध्यनजगर गर्दै अत्याधुनिक प्रविधिको १८ वटा भेन्टिलेटर थप गरिएको हो । १८ वटा भेन्टिलेटर थप सँगै चितवन मेडिकल कलेजले ४० वेड सहितको भेन्टिलेटर सेवा सुरु गरेको छ । 

स्वास प्रस्वासमा समस्या भएका र दुर्घटना परेका अति सम्वेदनशिल बिरामी भेन्टिलेटर अभावका कारण  राजधानी जानुपर्ने बाध्यता रहेकाले त्यसलाई रोक्नका लागि अस्पतालमा भेन्टिलेटर सेवा थप गर्नुपरेको चितवन मेडिकल कलेजका कार्यकारी प्रमुख प्रदाप देवकोटाले बताउनुभयो । 

“यस संस्थामा यस अघि २८ वटा भेन्टिलेटर मध्य २२ वटा संचालनमा रहेको थियो । तर, बिरामीको संख्या बढि भएकाले यहाँ बाट रिफर गर्नुपर्ने बाध्यतामा हामी हुन्थ्यौँ । यसरी रिफर गर्दा कतिको त बिच बाटामै मृत्यु हुन्थ्यो,” अस्तपालका कार्यकारी प्रमुख देवकोटाले भन्नुभयो । “बिरामीको सम्वेदनशिलता हेरेर हामीले भेन्टिलेटर थप गरेका हौँ ।” 
जर्मनमा बनेको अत्याधुनिक प्रविधिको ड्रागर ईभिटाको भेन्टिलेटर चितवन मेडिकल बाहेक नेपालका अन्य अस्पतालमा नभएको उहाँले दावि गर्नुभयो । 
अस्पतलाको सेवालाई प्रभावकारी बनाउनका लागि अस्तालका उपकरणहरु थप गर्दै लगिएको उहाँले बताउनुभयो । “विगत एक दशकदेखि हामी उच्चस्तरीय प्रविधिसहित उपचार कसरी सहज बनाउने भन्ने नितिमा लागि रहेका छौँ, भेन्टिलेटरकै अभावका कारण विरामीको मृत्यु नहोस भन्नका लागि चितवन मेडिकल कलेजले अत्याधुनिक प्रविधिको जर्मनमा बनेको ड्रागर ईभिटाको भेन्टिलेटर थप गरेका हौँ ।” 


भेन्टिलेटर अभावको कारण चितनवमा अब कसैको अकालमा मृत्यु नहुने मेडिकल कलेजका अध्यक्ष एंव प्रबन्ध निर्देशक प्रो.डा. हरिशचन्द्र न्यौपानेले बताउनुभयो । चितवन मेडिकल कलेजले मानव जीवनमा लाग्ने  सबै रोगको उपचार गर्दै आएको छ । 

दैनिक १५ सय बढी विरामी आउने यस कलेजमा प्रत्येक दिन ३० भन्दा बढी  शल्यक्रिया हुने गर्दछन् । मेडिकल कलेजले चौविसै घण्टा विशेषज्ञ सहितको ईर्मेजेन्सी सेवा, सिटिस्क्यान, यमराआई, क्याथ ल्याबसहितका विशिष्ट सेवा समेत दिँदै आएको छ ।  आर्थिक रुपमा कमजोर रहेका विरामीहरुको निःशुल्क उपचार समेत गर्दैै आएको छ  ।
 

प्रतिक्रिया दिनुहोस