नेपालले पायो १०८ रनको लक्ष्य

सफल खबर संवाददाता

शुक्रबार, १८ माघ २०७५, १७ : ०४
नेपालले पायो १०८ रनको लक्ष्य

काठमाडौं । टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको दोस्रो खेलमा यूएईले नेपाललाई  १०८  रनको लक्ष्य दिएको छ । १९.२ ओभरमा अलआउट हुँदै युएईले १ सय ७ रन बनायो ।

दुबईस्थित आइसीसी ग्लोबल क्रिकेट एकाडेमी मैदानमा जारी खेलमा युएईले टस जित्दै पहिलो ब्याटिङ गर्ने निर्णय गरेको थियो । यूएईका लागि ओपनर सीपी रिजवनले ४४ रन बनाए । ४३ बलमा ४४ रन बनाएका रिजवनले चार चौका र एक छक्का प्रहार गरेका थिए । उनलाई अविनाश बोहराले आउट गरे । यूएईका अनुभवी ब्याट्सम्यानहरु सस्तैमा समेटिए । साइमन अनवरले १४, मोहम्मद बुताले ११ र कप्तान मोहम्मद नाभिद सात रनमा आउट भए । त्यस्तै, घुलाम शब्बरले ६, अस्फाक अहमदले चार र अमिर हायत ३ रनमा आउट भए भने मोहम्मद उस्मानले रन जोड्न सकेनन् ।

यूएईलाई सस्तैमा रोक्न नेपालका अभिनाश बोहोराले ३ तथा सन्दीप लामिछाने, सोमपाल कामी र करण केसीले २-२ विकेट लिए । तिन टी–२० अन्तर्राष्ट्रिय श्रृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको नेपाललाई सिरीज जित्ने आसा आयमै राख्न आजको जित्नै पर्ने हुन्छ ।


 

प्रतिक्रिया दिनुहोस