पारस शाहलाई डिस्चार्ज गरियो, उनको मुटु एकदमै कमजोर भएको चिकित्सकको भनाइ

सफल खबर संवाददाता

शुक्रबार, १८ माघ २०७५, १५ : ४२
पारस शाहलाई डिस्चार्ज गरियो, उनको मुटु एकदमै कमजोर भएको चिकित्सकको भनाइ

काठमाडौं । नर्भिक अन्तराष्ट्रिय अस्पतालमा उपचाररत पूर्वयुवराज पारस वीरविक्रम शाहलाई डिस्चार्ज गरिएको छ । तेश्रो पटक हृदयाघात भएपछि अस्पताल भर्ना भएका शाहको स्वास्थ्यमा सुधार आएपछि शुक्रबार अस्पतालबाट डिस्चार्ज गरिएको हो ।

गम्भीर प्रकारको हृदयाघात भएपछि आइतबार दिउँसो साढे चार बजे पारसलाई नर्भिक अस्पताल पुर्‍याइएको थियो । उनको मुटुको कोरोनरी एञ्जियोप्लास्टी गरिनुका साथै स्टेन्ट राखिएको छ । उनी सामान्य हिड्डुल गर्न सक्ने तथा बोलीचाली गर्न सक्ने अवस्थामा छन् । ‘अहिलेसम्मको रिपोर्ट हेर्दा उनी मेडिकल्ली फिट भएकै कारण डिस्चार्ज गरिएको हो । 

यसअघि पनि २ पटक हृदयघात भइसकेको हुँदा पारसको मुटु एकदमै कमजोर रहेको र स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने चिकित्सकहरुले बताएका छन् । अब उनले नियमित औषधि सेवन गर्नुका साथै जीवनशैलीमा उल्लेख्य सुधार गर्न जरुरी छ,’ अस्पताल स्रोतले भन्यो । 
खानपान तथा जीवनशैलीमा सुधार गर्नुका साथै नियमित औषधि सेवन गरे उनको स्वास्थ्यमा थप सुधार आउने चिकित्सकहरुको भनाइ छ । पारसलाई यही हप्ता अस्पतालले फलोअपमा बोलाएको छ ।


 

प्रतिक्रिया दिनुहोस