काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेत्रृत्वको नेकपाका नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ का छोरा नरेन्द्र विक गोलीसहित पक्राउ परेका छन् ।
बिहिबार विराटनगर विमानस्थलबाट काठमाडौँ आउने क्रममा उनी गोलीसहित पक्राउ परेका हुन् । उनी साँझ यति एयरलाइन्सको विमानबाट काठमाडौँ आउन लागेका थिए । विमानस्थलमा चेकजाँचका क्रममा उनीबाट गोली फेला परेको थियो ।
कालीकोट स्थायी ठेगाना भएका २७ वर्षीय विश्वकर्माको साथबाट नाइन एमएम पेस्तोलमा लोड हुने तीनवटा गोली फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार उनलाई विराटनगरमा राखेर थप अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १८ माघ २०७५, ११ : ४८
लेखकबाट थप