चितवन । नेपाल प्रेस युनियन चितवन शाखाले श्रमजीवी पत्रकार ऐन र न्यूनतम पारिश्रमिक कार्यान्वयनका लागि सरकारलाई दवाब दिन हस्ताक्षर अभियान चलाएको छ ।
चितवनको नयाँ पर्यटकीय गन्तव्य पटिहानीमा भएको महिला पत्रकारहरुको राष्ट्रिय भेलामा युनियनले हस्ताक्षर अभियान चलाएको हो । हस्ताक्षर कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य, न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुली, महासंघका उपाध्यक्ष विपुल पोखरेल, महासचिव रमेश विष्ट, प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेत, प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष दीपक आचार्यलगायत उपस्थित पत्रकारहरुले ऐक्यवद्धता जनाउँदै हस्ताक्षर गरेका थिए । यस्तै भरतपुर महानगरपालिकाकी उपमेयर पार्वती शाह ठकुरीले पनि हस्ताक्षर गर्दै अभियानमा ऐक्यवद्धता जनाएकी थिइन् ।
सरकारले गठन गरेकै न्यूनतम पारिश्रमिक निर्धारण समितिले सिफारिस गरेको न्यूनतम तलब लागु गर्न दवाब दिन हस्ताक्षर अभियान थालिएको युनियन चितवनका अध्यक्ष अनिल ढकालले जानकारी दिए । उनले हस्ताक्षर गरिएको कपडा चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाईने बताए । कार्यक्रममा उपस्थित भएका सबै संघसंगठनमा आवद्ध पत्रकारहरुले न्यूनतम पारिश्रमिक लागु गराउन सबै पत्रकारहरुले दवाब दिनुपर्ने बताएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १७ माघ २०७५, १९ : ०५
लेखकबाट थप