टी–२० सिरिज : युएईले नेपाललाई २१ रनले हरायो

सफल खबर संवाददाता

विहीबार, १७ माघ २०७५, १८ : ४६
टी–२० सिरिज : युएईले नेपाललाई २१ रनले हरायो

काठमाडौंं । युएईविरुद्धकाे टी-२० सिरिजकाे पहिलाे खेलमा नेपाल २१ रनले पराजित भएकाे छ । युएईले दिएकाे एक सय ५४ रन पछ्याउने क्रममा नेपालले १९.६ ओभर खेल्दै ७ विकेटको क्षतिमा एक सय ३२ रन बनाएको हो ।  यो सँगै तीन खेलको टि–२० श्रृंखलामा यूएईले १–० को अग्रता लिएको छ । नेपालले सिरिजको दोस्रो खेल शुक्रबार खेल्नेछ ।

नेपालका लागि सन्दीप जोराले सर्वाधिक ५३ रनको अर्धशतकीय पारी खेले । सोमपाल कामीले २७ र कप्तान पारस खड्काले २५ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकसम्म जोड्न सकेनन् । युएईका लागि महोम्मद नाभिद, सुल्तान एहमद र जोहर खानले समान २ विकेट लिए । युएईका आमिर हायातले भने १ विकेट लिए ।  

यसअघि टस हारेर ब्याटिङ गरेको युएईले ६ विकेटको क्षतिमा एक सय ५३ रन जोडेको थियाे । नेपालका लागि सन्दीप लामिछाने र बसन्त रेग्मीले समान २ विकेट लिए । यस्तै सोमपाल कामी र अविनास बोहोराले १/१ विकेट लिए । युएईका लागि साइमान अनवरले सर्वाधिक ५९ रन जोडे । यस्तै महोम्मद उस्मानले ३० रन, महोम्मद बुटाले २० रन र सिपी रिजवानले २२ रनकाे योगदान गरे । 

प्रतिक्रिया दिनुहोस