यस्ता छन् मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरु

सफल खबर संवाददाता

विहीबार, १७ माघ २०७५, १८ : १५
यस्ता छन् मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरु

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले डा. गोविन्द केसीको अनशनको औचित्य समाप्त भएको बताएका छन् । 
मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बिहीबार सिंहदरवारमा आयोजित नियमित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री बास्कोटाले  राष्ट्रियसभाबाट चिकित्सा शिक्षा विधेयक पास भएपछि यो विषय सकिएको  बताए । उनले डा. केसीको माग सम्बोधन भइसकेको दाबी गरे । उनले भने, ‘अझ एक स्टेप अगाडि बढेर सरकारले मागहरु सम्बोधन गरिसकेको छ ।’

सरकारले डा केसीको अनशनको व्यवास्ता नगरेको बताउँदै उनले वेमतलव गरेको भए संसदमा विधेयक कसरी पेश हुन्थ्यो भन्दै प्रश्न गरे । उनले प्रतिपक्षीले केपी ओलीलाई बदनाम गर्न खोजेको भन्दै डा। केसी १६ औं पटक सम्म अनशनमा बस्दा उनका माग सम्बोधन गर्न केपी ओली भन्दा बढी इनिसियसन कसले लियो भन्दै प्रश्न गरे । प्रतिपक्षी प्रति लक्षित गर्दै उनले दुई तिहाई नआएको पीडामा सरकारले मलम लगाउन नसक्ने बरु जनताले नै लगाइदिने बताए ।

मन्त्री बासकोटाले सरकारले जीपी कोइराला श्वास प्रश्वास उपचार केन्द्र तनहुँ र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल नेपालगन्जलाई संघ मातहत नै राख्ने निर्णय गरेको जानकारी गराए । नेपाली काँग्रेसले यी दुई अस्पताललाई संघ मातहत नराखिएको भन्दै तीब्र विरोध गर्दै आएको अवस्थामा सरकारले सो निर्णय गरेको हो । 

मन्त्रिपरिषदले माघ १४ गते गरेका निर्णयहरु : 


 

प्रतिक्रिया दिनुहोस