डा केसीलाई अनशन तोड्न काँग्रेस सभापति देउवाको आग्रह

सफल खबर संवाददाता

विहीबार, १७ माघ २०७५, १७ : ४१
डा केसीलाई अनशन तोड्न काँग्रेस सभापति देउवाको आग्रह

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले डाक्टर गोविन्द केसीलाई अनशन तोड्न आग्रह गरेका छन् ।देउवाको भनाइ उद्धृत गर्दै भेटमा सँगै रहेका काँग्रेस नेता गगन थापाले अनशन तोडेर नयाँ खालको लडाइँमा होमिन सभापतिले केसीलाई आग्रह गरेको जानकारी दिए । 

आफूहरुले केसीको माग बमोजिम चिकित्सा शिक्षा विधेयक पारित गराउन भरमग्दुर प्रयास गरे पनि संख्यात्मक हिसावले कमजोर हुँदा सफल हुन नसकिएको देउवाले केसीलाई बताएका थिए ।

‘संसदमा विरोध गर्दागर्दै पनि  चिकित्सा शिक्षा विधेयक आयो । सम्पूर्ण प्रयत्न पनि भएको छ । तर, संख्या कम हुँदा त्यसलाई रोक्न सकिएन । सरकारलाई तपाईँ ९केसी० को मतलब भएन । मेरो पार्टी र आम नेपालीको मात्र चाहना तपाइँको अनशन तोडियोस् भन्ने छ । अब  मिलेर तपाइँकै नेतृत्वमा नयाँ लडाई लडौं भनेर केसीलाई सभापतिले भन्नुभयो, थापाले भने ।’
तर देउवाको आग्रहमा केसीले कुनै पनि प्रतिक्रिया नदिएको थापाले बताए । केसी विगत २३ दिनदेखि १६ औं अनशनमा छन् । 

प्रतिक्रिया दिनुहोस