डा. गोविन्द केसीको पक्ष र विपक्षामा प्रदर्शन

सफल खबर संवाददाता

विहीबार, १७ माघ २०७५, १३ : १७
डा. गोविन्द केसीको पक्ष र विपक्षामा प्रदर्शन

काठमाडौं । त्रिवि शिक्षण अस्पतालमा अनशनरत प्राध्यापक डा। गोविन्द केसीविरुद्ध टिचिङ अस्पतालमा प्रदर्शन भएको छ । 
अस्पतालका चिकित्सक, विरामीहरुका आफन्त र सर्वसाधारणहरुले केसीको अनसनविरुद्ध प्रदर्शन गरेका हुन् ।उनीहरुले अस्पताललाई शान्ति क्षेत्र घोषणा गर्न माग समेत गरेका छन् ।  

‘माफियामुखी अनशन चाहिँदैन, अस्पतालमा अनशन बस्न पाइँदैन, बिदेशी शक्ति मुर्दावाद, माफियामुखी केसी अनसन चाहिँदैन, अस्पताललाई शान्ति क्षेत्र घोषणा गर’ भन्दै प्रदर्शनकारीले नारावाजी गरेका थिए । 

यसैबीच काँग्रेस निकट रहेका विभिन्न संघसंगठनले डा। केसीको जीवन रक्षाको माग गर्दै आजै काठमाडौंको माइतिघरमा प्रदर्शन गर्ने तयारी गरेका छन् । 

चिकित्सा शिक्षा क्षेत्रको सुधारको मागसहित डा। केसीको सत्याग्रह २३ औं दिन हुँदा समेत माग सम्बोधनका लागि सरकार गम्भीर नदेखिएको भन्दै दवावस्वरुप प्रदर्शन गर्न लागेको उनीहरुले बताएका छन् । 
 

प्रतिक्रिया दिनुहोस