प्रचण्डको सक्रियता बढ्यो, एकै दिनमा सात कार्यक्रममा सहभागी हुने

सफल खबर संवाददाता

विहीबार, १७ माघ २०७५, ०६ : ५०
प्रचण्डको सक्रियता बढ्यो, एकै दिनमा सात कार्यक्रममा सहभागी हुने

File Photo

चितवन । भाईरल ज्वरोबाट प्रभावित भई एक सातादेखि आराममा रहनु भएका पूर्वप्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकाे सकृयाता फेरि बढेको छ ।
बिहिबार गृहजिल्ला चितवनमा हुन लागेको विभिन्न सात वटा कार्यक्रममा सहभागी हुनु हुनेछ ।
यसअघि नै भईसक्नु पर्ने कार्यक्रम अध्यक्ष प्रचण्ड अस्वस्थ भएकाले कार्यक्रमहरुलाई सारेर आजकै दिनमा ल्याईएको हो । 

प्रचण्डको सचिवालयका अनुसार पूर्वपप्रधानमन्त्री प्रचण्डले विहीवार विहान ८:३० बजे पटिहानीमा पत्रकार महिलाको राष्ट्रिय सम्मेलनको उद्घाटन गर्नुहुनेछ ।
त्यसैगरी विहान १०:३० बजे खैरहनी नगरपालिका वडा नम्वर १ मा कंकाली माध्यमिक विद्यालयको स्वर्ण महोत्सवमा प्रमुख अतिथिको रुपमा अध्यक्ष प्रचण्ड सहभागी हुने कार्यक्रम छ ।
त्यसलगत्तै दिउसो १:३० बजे शहरी विकास मन्त्रालय बाट सञ्चालित केन्द्रीय बस टर्मिनल परिसर निर्माण सुधार योजनाको प्रचण्डले शिलान्यास गर्नु हुनेछ । त्यस्तै पूर्वप्रधानमन्त्री प्रचण्डले शहरी विकास मन्त्रालयबाट सञ्चालित विभिन्न ५ वटा आयोजनाहरुको शिलान्यास गर्नुहुने सचिवालयले जनाएको छ । जस्मा भरतपपुर अस्पतालको कुरुवाघर, देवघाटधाममा विद्युतिय शवदाह गृह निर्माण, भरतपुर महानगरपालिक–१९, रानीपोखरीमा पार्क र पूर्वाधार निर्माणको शिलान्यास रहेका छन् ।
त्यसैगरी भरतपुर महानगरपालिका वडा नम्वर–६, मा लक्ष्मीनारायण तथा ओमकार्यश्वर मन्दिर पूर्वाधार निर्माणको बिहिबार प्रचण्डले शिलान्यास गर्नु हुने उहाँको सचिवालयले जनाएको छ ।
चितवन निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका प्रचण्डले यहाँको विकास निर्माण र कार्यक्रमहरुलाई प्राथमिकता दिने गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस