चितवनमा बन्ने अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको घोषणा कार्यक्रममा जे देखियो (फोटोफिचर)

सफल खबर संवाददाता

बुधबार, १६ माघ २०७५, १८ : ३३
चितवनमा बन्ने अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको घोषणा कार्यक्रममा जे देखियो (फोटोफिचर)

काठमाडौं । चितवनमा धुर्मुस सुन्तली फाउन्डेसनले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्ने भएको छ ।

बुधबार राजधानीमा आयोजित विशेष समारोहकाबीच फाउन्डेसनले भरतपु्र महानगरपालिका १६ मा उक्त रंगशाला निर्माण गर्ने घोषणा गरेको हो ।

२० विगाह ८ कठ्ठा क्षेत्रफलमा बन्ने रंगशालाका लागि फाउन्डेसन र भरतपुर महानगरबीच जग्गा प्राप्तिसम्वन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । 

रंगशाला निर्माणको लागत ३ अर्ब अनुमान गरिएको फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेलले जानकारी दिए । देश–विदेशका नेपालीहरुबाट प्राप्त हुने स्वैच्छिक सहयोगबाट आर्थिक स्रोत जुटाइने फाउन्डेसनले जनाएको छ । रंगशाला करिब ३० हजार दर्शक क्षमताको हुनेछ ।

प्रतिक्रिया दिनुहोस