अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाले विश्वमै नेपाल चिनिनेछ : प्रधानमन्त्री ओली

सफल खबर संवाददाता

बुधबार, १६ माघ २०७५, १७ : २५
अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाले विश्वमै नेपाल चिनिनेछ : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाले नेपाल जगतमै चिनिने बताउनुभएको छ । धुर्मुस सुन्तली फाउन्डेसनले चितवनमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको घोषणा कार्यक्रममा प्रधानमन्त्री ओलीले आज ठूलो संकल्प भएको बताउनुभयो । 

कार्यक्रममा उहाँले भन्नुभयो, ‘धुर्मुस सुन्तली फाउन्डेसनले रंगशाला बनाउने आँट ग¥यो, आँट गरेर महानगरसँग सम्झौता ग¥यो, परिकल्पना प्रदर्शन ग¥यो ।’ उहाँले अब नेपाल अन्तर्राष्ट्रिय स्तरमै नेपाल चिनिने बताउनुभयो । 


कार्यक्रममा उहाँले भन्नुभयो, ‘रंगशाला निर्माणको लागि चार करोड उठ्यो होला, २ सय ९६ करोड बाँकी छ, सहयोगी भूमिका खेल्न सरकार तयार छ ।’

उहाँले अब नेपालमा कोही भोकै पर्दैन, कोही भोकै मर्दैन भन्नुभएको थियो । कार्यक्रममा उहाँले भन्नुभयो, ‘अब नेपाल बदलिन्छ, तपाइँ हामीले बदल्छौँ, नेपाल ।’ कार्यक्रममा उहाँले भ्रष्टाचारविरुद्धको कारबाही अझै अगाडि बढ्छ भन्नुभयो । उहाँले भन्नुभयो, ‘भ्रष्टको अनुहार हेर्दिनँ म ।’ प्रधानमन्त्री ओलीले पैसाले विकास हुने होइन, संकल्प र विचारले विकास हुने बताउनुभयो । 

उहाँले केही वर्षभित्र नेपाल गरिब नरहने बताउनुभयो । उहाँले भन्नुभयो, ‘पूर्वाधारको विकास चाहिएको छ, देशविदेशबाट सहयोग हुनेछ भन्ने विश्वास मलाई लागेको छ ।’
 

प्रतिक्रिया दिनुहोस