धुर्मुस–सुन्तली फाउण्डेसनलाई क्रिकेट रंगशाला घोषणा गरेकै दिन ५ करोडभन्दा बढी सहयोग

सफल खबर संवाददाता

बुधबार, १६ माघ २०७५, १७ : १४
धुर्मुस–सुन्तली फाउण्डेसनलाई क्रिकेट रंगशाला घोषणा गरेकै दिन ५ करोडभन्दा बढी सहयोग

काठमाडौँ । ‘गौतम बुद्ध अन्तर्राष्ट्रि क्रिकेट रंगशाला’ निर्माणको औपचारिक घोषणासँगै रु ५करोड बढी रकम संकलन भएको छ । राष्ट्रिय सभागृहमा आज (बुधबार) भएको भरतपुर महानगरपालिका र फाउण्डेशनबीच सम्झौता कार्यक्रममा रु ५ करोड बढी रकम संकलन भएको हो ।
सो कार्यक्रममा काठमाडौँको एस ट्राभल एण्ड टुर्सले सबैभन्दा बढी रु तीन करोड दिने घोषणा गरेको हो ।

यस्तै कार्यक्रममै चितवन उद्योग सघंले रु ५१ लाख, अल्का हस्पिटलले २५ लाख,उद्योग वाणिज्य सघं चितवनले रु २१ लाख, रविराज सिंहले ११ लाख, अक्सफोर्ड कलेज गैंडाकोटले ७ लाख ७ हजार ७७ रुपैयाँ, हास्य टेलिऋंखला भद्रगोल टिमको तर्फबाट एक लाख, दिपिका थापाबाट एक लाख १० हजार रुपैयाँ दिने घोषणा गरेको छ ।

त्यस्तै भरतपुर महानगरपालिकाका विभिन्न सस्था र व्यवस्थाबाट आर्थिक सहयोगको घोषणा भएको छ । रंगाशाला निर्माण गर्न करिब ३ अर्ब खर्च लाग्ने अनुमान गरिएको छ । दुई बर्षभित्र निर्माण सक्ने गरि काम थालनी गर्ने फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस) ले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस