नर्भिकमा कमल थापालाई पारसले भने,– ‘नाउ आई एम गुड’

सफल खबर संवाददाता

मंगलबार, १५ माघ २०७५, १७ : १३
नर्भिकमा कमल थापालाई पारसले भने,– ‘नाउ आई एम गुड’

काठमाडौं । उपचाररत पूर्व युवराज पारस शाहलाई भेट्न अस्पताल पुगेका राप्रपा अध्यक्ष कमल थापालाई पारसले अङ्ग्रेजीमा ‘नाउ आई एम गुड’ भन्दै प्रतिक्रिया दिएका छन् । 

हृदयघात भइ  नर्भिक अस्पतालमा उपचाररत पारस शाहको स्वास्थ अवस्था बुझ्न अध्यक्ष थापा मंगलबार अस्पताल पुगेका थिए । 

हिजो दुखाई धेरै भएपनि अहिले कम हुँदै गएको र केही दिनमै  अस्पतालबाट डिस्चार्ज हुने जानकारी पाएको कुरा पारसले थापालाई बताएका थिए । 

अध्यक्ष थापाले स्वास्थ लाभको कामना भन्दै नमस्कार गर्दा फेरि पारसले पुनः ‘आई एम गुड’ भन्दै  थापालाई धन्यवाद दिएको राप्रपाका सहायक महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए । 
सो अवसरमा राजपरिवारका अन्य सदस्यहरुसँग अध्यक्ष थापाको पनि भेट भएको बर्तौलाले बताए । 
 

प्रतिक्रिया दिनुहोस