चिकित्सकहरुले टेरेनन् अस्पतालको आग्रहलाई, विरामीको पिडालाई वेवास्ता गर्दै आज पनि रिले अनसन

सफल खबर संवाददाता

मंगलबार, १५ माघ २०७५, १२ : २४
चिकित्सकहरुले टेरेनन् अस्पतालको आग्रहलाई, विरामीको पिडालाई वेवास्ता गर्दै आज पनि रिले अनसन

काठमाडौं । अस्पताल परिसरभित्र कुनै धर्ना, विरोध तथा बन्द हड्तालका कार्यक्रम नराख्न तथा नगर्न गरेको त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालको आग्रहलाई चिकित्सकहरुले अटेर गरेका छन् । 

अनशन, रिले अनशन तथा आन्दोलनले आम सर्वसाधारणको स्वास्थ्यको उपचारमा बाधा उत्पन्न हुनेप्रति अस्पतालले सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदै सोमबार नियमित स्वास्थ्य सेवा प्रदान गर्न आफ्ना स्वास्थ्यकर्मीलाई विज्ञप्तिमार्फत आग्रहसमेत गरेका थियो । 

तर त्यसको वेवास्ता गर्दै आज पनि चिकित्सकहरुले अनसनका कार्यक्रमलाई निरन्तरता दिएका हन् । 

प्रहरीले पनि सामान्य अन्तरक्रिया गर्ने र अनसनरत गोविन्द केसीको ब्यानर नराख्ने सर्तमा डाक्टरहरुलाई रिले अनसन बस्न दिएको छ । 

नेपाल चिकित्सक सङ्घले अनशनरत् चिकित्सक गोविन्द केसीको जीवन रक्षाका लागि भन्दै दुई दिनयता अस्पताल परिसरमा रिले अनशन गर्दै आएको छ । 

प्रतिक्रिया दिनुहोस