पूर्वयुवराज पारस शाहलाई हृदयघात, आईसीयूमा भर्ना

सफल खबर संवाददाता

सोमबार, १४ माघ २०७५, १७ : ३६
पूर्वयुवराज पारस शाहलाई हृदयघात, आईसीयूमा भर्ना

काठमाडौं । पूर्वयुवराज पारस शाहलाई हृदयघात भएको छ । उनलाई थापाथलीस्थित नर्भिक अस्पतालको आकस्मिक उपचार कक्ष (आईसीयू) मा भर्ना गरिएको छ ।

ललितपुरको पाटन दरबार क्षेत्रस्थित शिव पार्वती मन्दिर र हिरण्यवर्ण महाविहारमा पूजा गरेर फर्किएपछि शाहलाई हृदयघात भएको  बताइएको छ । शाहलाई नर्भिक अस्पतालको इमर्जेन्सीमा राखेर मुटुरोग विशेषज्ञ डा यादवदेव भट्टको टोलीले उपचार गरिरहेको अस्पतालले जनाएको छ । उनलाई माइनर हृदयाघातको शंका चिकित्सकहरुले गरेका छन् ।  अहिले उनको स्वास्थ्यअवस्थाबारे परीक्षण भइरहेको र रिपोर्ट आउन बाँकी रहेको जनाइएको छ ।

अस्पतालका प्रेस संयोजक आरपी मैनालीले पूर्वयुवराज शाह भर्ना भएका तर उनको स्वास्थ्यअवस्थाबारे विस्तृत रिपोर्ट आइनसकेको बताए । केही बर्षअघि पनि उनलाई हृदयघात भएको थियो । त्यसबेला उनको बैङककको समितीवेद अस्पतालमा लामो समय उपचार गरिएको थियो ।  त्यसबेलानै उनको मुटुको धमनीमा स्टेन्ट राखिएको छ ।

प्रतिक्रिया दिनुहोस