पारस खड्काले गरे अर्धशतक पुरा

सफल खबर संवाददाता

सोमबार, १४ माघ २०७५, १७ : १९
पारस खड्काले गरे अर्धशतक पुरा

काठमाडौं । युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्धको तेस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका कप्तान पारस खड्काले अर्धशतक पुरा गरेका छन् । 

उनले ५० बलमा ५० रन बनाउँदै अर्धशतक पूरा गरेका हुन् । अर्धशतक बनाउने क्रममा ९ चौका प्रहार गरे ।

अन्तिम दश ओभरमा यूएईले १ सय १४ रन जोडेपछि घरेलु टोली २ सय ५५ रनको लक्ष्य प्रस्तुत गरेको थियो । शाइमन अनवारले ८७ रन बनाएपछि दुबईस्थित आइसीसी एकेडेमीमा टस हारेर ब्याटिङका लागि निम्त्याइएको यूएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २ सय ५४ रन बनाएको थियो । अनवार बाहेक मोहम्मद बूताले अविजित ५९ रन बनाए भने सीपी रिजवानले ४५ रन जोडेका थिए । 
कप्तान पारस खड्काले एक दिवसीयमा यसअघि नेदरल्यान्ड्स विरुद्ध अर्धशत बनाएका थिए ।


 

प्रतिक्रिया दिनुहोस