एनआई सी एशिया बैंकको नयाँ शाखा झापाको दमक चोकमा

सफल खबर संवाददाता

आइतबार, १३ माघ २०७५, १९ : ३६
एनआई सी एशिया बैंकको नयाँ शाखा झापाको दमक चोकमा

झापा । एनआई सी एशिया बैंक लिमिटेडले  झापाको दमकचोकमा नयाँ शाखा विस्तार गरेको छ । दमक नगरपालिका वडा नम्बर ५, क्याम्पस रोड झापास्थित दमकचोक शाखाको दमक नगरपालिकाका मेयर रोमनाथ ओलीबाट आइतबार एक समारोहकाबीच उद्घाटन भएको हो  । 
गत भदौ १६ गतेबाट कारोबार सुरु भएको उक्त शाखाको उद्घाटन समारोहमा मेयर ओलीले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्नो उपस्थिति सबल बनाउँदै गएको यस बैंकको प्रशंसा गर्नुभयो ।
 

प्रतिक्रिया दिनुहोस