प्रचण्डपत्नी सीता दाहालको स्वास्थ्यमा उल्लेख्य सुधार

सफल खबर संवाददाता

आइतबार, १३ माघ २०७५, १७ : ५३
प्रचण्डपत्नी सीता दाहालको स्वास्थ्यमा उल्लेख्य सुधार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'की पत्नी सीता दाहालको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ ।
माघ ६ गतेदेखि ललितपुरस्थित सुमेरु अस्पतालमा भाइरल ज्वरोको उपचार गराइरहनु भएकी उहाँको स्वास्थ्यमा सुधार आएपछि आज दिउँसो १ बजे आइसियुबाट जनरल वार्डमा सारिएको छ । उपचारमा संलग्न चिकित्सक डा.अशोक शर्माका अनुसार जनरल वार्डमा २४ घण्टा निगरानी पश्चात उहाँलाई डिस्चार्ज गर्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस