बेमौसमी वर्षाले आठ करोड इँटामा क्षति

सफल खबर संवाददाता

आइतबार, १३ माघ २०७५, १७ : ४२
बेमौसमी वर्षाले आठ करोड इँटामा क्षति

चितवन । दुई दिन अघिको बेमौसमी वर्षाले चितवनमा दुई करोड र कपिलबस्तुमा चार करोड इँटामा क्षति पु¥याएको छ । करिब १५ करोड रुपैयाँ बराबरको कच्चाइँटा नष्ट भएको उद्योगीहरुको भनाइ छ ।

बेमौसमी पानीले पूर्वी चितवनको विभिन्न ठाँउमा सञ्चालित ईटा उद्योगका काँचो इँटामा नोक्सानी पु¥याएको छ । रत्ननगर नगरपािलका, राप्ती नगरपालिका र खैरहनी नगरपलिकामा सञ्चालनमा रहेको १८ वटा ईटा उद्योग स्रञ्चालनमा छन् । सञ्चालकहरुका अनुसार सबैमा गरी करिव ५ करोड रुपैयाँको क्षति भएको छ । इँटा उद्योग संघ चितवनका अध्यक्ष नारायणप्रसाद सापकोटाले पानीले दुई करोड वटा इँटामा क्षति भएको बताउनु भयो । यसले ५ करोड रुपैयाँसम्म क्षति पुगेको आँकलन गरिएको उहाँले बताउनु भयो ।

तयारी माटो, चिम्नीमा हाल्नु अघि सुकाउन राखिएको ईटा र बनाएर चाङ लगाएर राखेको इँटामा क्षती पुगेको छ । अध्यक्ष सापकोटाका अनुसार क्षती भएको काँचो इँटा पुन प्रशोधन गर्न तत्काल नमिल्ने, ज्याला, माटो खरिदमा भएको खर्चका कारणले पानीले गरेको नोक्सानीले उद्यमी पीडित बनेका छन् ।

यसैगरी, लगातार दुई दिनसम्म परेको पानीका कारण कपिलवस्तुमा करीब ६ करोड इँटा नोक्सान भएका छन् । बेमौसमी पानी परेका कारण काँचो इँटा उत्पादन गरी पोल्न तयारीमा राखेका इँटा पानीले बिग्रिएपछि उद्योगीले ठूलो नोक्सानी बेहोर्नुपरेको नेपाल इँटा व्यवसायी सङ्घका प्रथम उपाध्यक्ष सफरअली मिँयाले जानकारी दिनुभयो । शिवराज नगरपालिकामा रहेको लोकप्रिय इँटा उद्योगमा मात्र शुक्रबार र शनिबार परेको पानीले ६ लाख इँटा नोक्सान भएका उद्योगी जमसेर अलीले बताउनु भयो । कूल ६७ सञ्चालनमा रहेका इँटा उद्योगमा नोक्सानी भएको केन्द्रीय उपाध्यक्ष मिँयाले जानकारी दिनुभयो । काँचो इँटा बनाउन मात्र माटो, श्रमिक, कैलालगायत लागतअनुसार प्रतिगोटा रु तीनदेखि चार खर्च हुने उहाँले बताउनु भयो । सो नोक्सानीले जिल्लामा इँटाको अभाव हुने र मूल्यमा समेत वृद्धि हुने सम्भावना बढेको छ ।

प्रतिक्रिया दिनुहोस