युएईलाई १४५ रनले हराउँदै नेपाल विजयी

सफल खबर संवाददाता

शनिबार, १२ माघ २०७५, १७ : ५२
युएईलाई १४५ रनले हराउँदै नेपाल विजयी

काठमाडौं । युएईमा जारी दोस्रो एकदिवसीय क्रिकेटमा नेपालले युएईलाई १४५ रनको फराकिलो अन्तरले पराजित गरेको छ । नेपालले दिएको २४२ रनको लक्ष्य पछ्याएको यूएईले १९.३ ओभरमा ९७ रन बनाउँदा सबै विकेट गुमाएको थियो ।

युएईको लागि सन्दिप लामिछानेले ४, सोमपाल कामीले ५ र करन केसीले १ विकेट लिएका थिए ।

नेपालको लागि ओडीआईमा यो जित सर्वाधिक फराकिलो अन्तर हो । यो जितसँगै तीन ओडीआई श्रृंखला १-१ को बराबरीमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस