साल्ट ट्रेडिङको सेवा नुनदेखि मलसम्म : विभागीय प्रबन्धक झा

सफल खबर संवाददाता

शनिबार, १२ माघ २०७५, १५ : २८
साल्ट ट्रेडिङको सेवा नुनदेखि मलसम्म : विभागीय प्रबन्धक झा

चितवन । २०२० सालमा नेपाल सरकारको ९ प्रतिशत लगानीमा साल्ट ट्रेडिङ कर्पोरेसनको जन्म भएको हो । तत्कालीन राजा महेन्द्रले पूर्वी पहाडको घुमफिर गर्दा नुन खान नपाइएको गुनासो गरेपछि राजा महेन्द्रको निर्देशनमा साल्ट ट्रेडिङको जन्म गराइएको हो । तत्कालीन समयमा साल्ट ट्रेडिङमा नेशनल ट्रेडिङ लिमिटेडको ११ प्रतिशत र बाँकी पव्लिकको लगानी थियो । 

२०२० सालदेखि हालसम्म आइपुग्दा साल्ट टे«डिङले धेरै फड्को मारिसकेको छ, सुरुमा नुनको सेवा दिएको साल्ट ट्रेडिङले पछिल्लो समय आफ्नो सेवालाई विस्तार गर्दै मल, मैदा, खाद्यान्नको सेवा दिइरहेको छ । साल्ट ट्रेडिङले कस्तो सेवा दिइरहेको छ ? कहाँकहाँ यसको सेवा पुगेको छ ? यसले कसरी सेवा प्रदान गरिरहेको छ ? यसै विषयमा साल्ट ट्रेडिङ कर्पोरेसनका विभागीय प्रबन्धक ब्रजेशकुमार झाले बताउनुभएको धारणा :

९३ वटा शाखाबाट सेवा प्रदान 
२०२० साल भदौ २७ गते साल्ट ट्रेडिङको स्थापना गरिएको हो । २०२० साल साल्ट ट्रेडिङको ९३ वटा शाखा स्थापना भइसकेको छ । नेपालकै पीपीपी (पव्लिक प्राइवेट पाटनरसिप) मोडलेको पहिलो संस्था हो । यो नेपाल सरकारको आंशिक स्वामित्वमा रहेको संस्था हो । यसले सुरुमा नुनबाट कारोवार सुरु गरेको हो । स्थापना कालमा राजधानीलगायत देशका प्रमुख नाकाहरु (वीरगञ्ज, भैरहवा) बाट यसले सेवा सुरु गरेको थियो । २०७५ सालसम्म आइपुग्दा यो संस्थाले पछाडि फर्कनुपरेको छैन । 

आयोडिनको कमीले हुने रोग नियन्त्रण 
साल्ट ट्रेडिङले आयोडिनयुक्त नुनको विक्रीवितरण गरिरहेको छ । आयोडिनयुक्त नुनले नेपालमा प्रमुख स्वास्थ्य समस्या नियन्त्रण गरेको छ । 
दक्ष जनशक्ति र दृढ नेतृत्व हुँदा ‘प्राइभेट पब्लिक पार्टनरसिप’ वास्तवमै फलदायी हुँदोरहेछ भन्ने कुराको सफल उदाहरणको रूपमा पनि साल्ट ट्रेडिङ स्थापित भएको छ । 

दुर्गम पहाडी जिल्लामा गलगाँडको समस्या थियो । आयोडिन नभएको नुन खाँदा जुन समस्या थियो, त्यो समस्या साल्ट टे«डिङको स्थापनासँगै कम हुँदै गयो । साल्ट टे«डिङले जिल्लाको विभिन्न दुर्गम भेगहरुमा दुई बालबालिका भएको आयोडिनयुक्त नुन पु¥याइरहेको छ । 

गुणस्तरीय आयोडिन मिश्रित नूनको आपूर्तिमा आफूलाई पूर्णतः समर्पित गरेको साल्ट टे«डिङ अब आफ्नो परम्परागत शैली र ढाँचामा काँचुली फेर्ने अभियानमा जुटेको छ । मूलतः सेवामुखी उद्देश्य बोकेर स्थापना भएको यो संस्था प्रतिस्पर्धात्मक व्यापारमा उत्रने तरखर गर्दै रहँदा पनि ‘स्तरीयता, सर्वसुलभता र सुपथ मूल्य’ भन्ने नारालाई नै प्रमुख लक्ष्यका रूपमा अघि सार्दै आएको छ । 

सन १९६५ मा युनिसेफ, डब्लु एचओ र नेपाल सरकारले गरेको सर्वेक्षणमा ५५ प्रतिशत जनसंख्या आयोडिनको कमीले हुने कुनै न कुनै रोगबाट प्रभावित थिए, तर अहिले आयोडिनको कमीबाट हुने रोगी नेपालीको संख्या जिरोमा छ । यो त साल्ट ट्रेडिङले दुई बालबालिका भएको आयोडिनयुक्त नुन दिएका कारणले नै हो । 

आज नेपाल सरकारको खर्च छैन 
नेपाल सरकारले आयोडिनयुक्त नुन प्रत्येक जनातालाई पु¥याउन आजको मितिमा खर्च गरेको छैन । नुनमा आयोडिन मिसिएको छ । त्यही नुन उपभोक्ताले किन्दा आयोडिनको पनि पैसा तिरेको छ, अनि कहाँबाट नेपाल सरकारको पैसा पर्नु ?
दुई बालबालिका भएको आयोडिन नुनमा ५० पीपीएम (पार्ट पर मिलियन) मिसिएको हुन्छ । १० लाख ग्राम नुनमा ५० ग्राम आयोडिन मिसिएको छ । 
नेपाली उपभोक्ताहरूलाई गुणस्तरयुक्त नूनको आपूर्ति गर्ने उद्देश्यका साथ अस्तित्वमा आएको साल्ट टे«डिङले उपलब्ध गराउने आयोडिनयुक्त नून अपत्यारिलो गरी सस्तो मूल्यमा पाइन्छ । भारतबाटै आयातित नून भारतीय बजार भन्दा सस्तो मूल्यमा उपलब्ध गराउने नीतिको निरन्तरता नै यो संस्थाको सेवामुखी उद्देश्यको सशक्त उदाहरण हो । 

साल्ट टे«डिङ नयाँ गति र उचाइमा
अनुभवी निर्देशन र कुशल व्यवस्थापनका कारणे साल्ट टे«डिङलाई नयाँ गति र उचाइमा पुगेकोे छ । फलतः एक÷दुई वर्षको छोटो अवधिमै यो संस्थाले लामो फड्को मारेको छ । साल्ट टे«डिङको वर्तमान संरचना ‘पब्लिक प्राइभेट सेक्टर’ साझेदारीको नमूना पनि बनेको छ । गुणस्तरीय नून र सीमित खाद्यपदार्थको बिक्री वितरणको परम्परागत ढाँचामा परिवर्तन गरी विविधीकरणको व्यापार थालेको छ । 


अहिले कृषि विकास केन्द्र मार्फत अधिराज्यका झण्डै एक चौथाई किसानहरूलाई मल–खाद्य, वीउ–विजन, कृषि औजार पनि उपलब्ध गराउन थालेको छ । यसले आधुनिक कृषिको विकास र बाली विविधीकरणमा बल पुग्ने निश्चित छ । आफ्नो सेवा विस्तार गर्ने क्रममा साल्ट टे«डिङले स्थानीय फलफूल र तरकारी निर्यात गर्ने योजना पनि बनाएको छ । 
साल्ट टे«डिङले गुणस्तरयुक्त र सुपथ मूल्यमा उपभोग्य सामग्री उपभोक्ता समक्ष निरन्तर आपूर्ति गरिरहेकाले पनि होला यसको माग जहिले पनि उच्च रहेको छ । आयोडिनयुक्त नून, चिनी, घ्यू, तेल, मैदा, पीठो, सुजी, चामल दालजस्ता खाद्य सामग्रीमा मात्र नभई लुब्रिकेण्ट, कोइला, सिमेण्ट, ट्रयाक्टर, मेटल डिटेक्टर जस्ता मेसिनरी सामग्री पनि आपूर्ति गर्दै आएको छ । नुनको कारोबारसँगै गैरअनुदानको मल, खाद्यान्न गेडागुडी, पीठो, मलखादको काम गरिरहेको छ । 

प्रतिक्रिया दिनुहोस