कान्तिपुरकर्मी रमेशकुमार पौडेल सम्मानित

सफल खबर संवाददाता

सोमबार, ०७ माघ २०७५, २० : २९
कान्तिपुरकर्मी रमेशकुमार पौडेल सम्मानित

चितवन । पत्रकार रमेशकुमार पौडेल खिचरा महोत्सव २०७५ को समापनको अवसरमा सोमवार सम्मानित हुनुभएको छ ।

पत्रकारिता मार्फत महोत्सवको प्रचारप्रसार , प्रवद्र्धन र थारु समुदायको उत्थानमा भूमिका निर्वाह गरेको भन्दै पत्रकार पौडेललाई सम्मनित गरिएको हो ।

पूर्वी चितवनको खैरहनीमा चलेको महोत्सवको समापनमा पत्रकार पौडेललार्ई प्रदेश नम्वर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले नगद, दोसल्ला र सम्मानपत्र प्रदान गर्नुभएको थियो । पुरस्कारको राशी १५ हजार १५५ रुपैयाँ रहेको थियो । हाल कान्तिपुर दैनिक चितवनका संवाददाता पौडेल करिव दुई दशकदेखि पत्रकारितामा क्रियाशिल हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस