इशासँगको डिभोर्सपछि रविले गरे निकीतासँग विहे

सफल खबर संवाददाता

सोमबार, ०७ माघ २०७५, १७ : १३
इशासँगको डिभोर्सपछि रविले गरे निकीतासँग विहे

चितवन । पत्रकार रवि लामिछाने र चलचित्र विकास वोर्डकी अध्यक्ष निकीता पौडेलबीच विवाह भएको छ । केही दिन अघि २५ वर्षे लामो वैवाहीक जिवन टुंगाई सम्वन्ध विच्छेद गरेका लामिछाने र ७ वर्ष अघि डिभोर्स गरेर एकल महिलाकी रुपमा बसेकी पौडेलबीच कानुनी विवाह भएको हो ।

निकीता गोपीकृष्ण मुभिजका सञ्चालक उद्धव पौडेलकी छोरी हुन् भने रवि न्युज ट्वान्टी फोर टेलिभिजनका पत्रकार हुन् । टेलिभिजनमा नयाँ शैलीको कार्यक्रम सञ्चालन गरेर चर्चाको शिखरमा रहेका रविका पछिल्लो समय लाखौं प्रशंसक छन् ।
अदालती विवाहपछि रविले आफ्नो स्टाटसमा लेखेका छन्, “व्यक्तिगत जीवनले नयाँ मोड लिएको छ । एक अर्काका परिवार, आफन्त र नातागोताको छलफल र अनुमतिमा आज निकिता पौडेल जी र मैले कानुनी रुपमा काठमाडौं जील्ला आदालतमा विवाह दर्ता गरेका छांै । यो निर्णय यति छिटो गर्ने योजना नै थिएन । तर हामी दुबैप्रति जसरी मानसिक यातना नै हुने गरी अनवरत समाचार र खोजवीन चल्यो त्यसले हामीलाई एक अर्काको निकै खाँचो भयो । हामी समस्त दर्शक, शुभ चिन्तक, परिवार, इस्टमित्रहरुबाट एउटै मात्र कुरा चाहन्छांै, आशिर्वाद । परम्परागत रुपमा हामी आउँदो वैशाखमा विवाह गर्ने छौं । यो हाम्रो नितान्त व्यक्तिगत जीवन हो । कसैको चर्चा, आलोचना, सुझाव, व्याख्यामा हामी अटेनौ भने हामीलाई माफ गर्नु होला । हाम्रो भोगाई र तपाईंको सोचाइ नमिल्न सक्छ । हामी दुवैजना यो निर्णयबाट एकदमै खुशी छौं । र हामी सबैबाट हाम्रो सुखद दाम्पत्य जीवनका लागि शुभकामना मात्र चाहन्छौं ।”

प्रतिक्रिया दिनुहोस